नियम २०
जिल्ला सरकारी वकील कार्यालयका अन्य सरकारी वकीलको काम, कर्तब्य र्‌ अधिकार
: जिल्ला सरकारी वकील कार्यालयका अन्य सरकारी वकीलको काम, कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) जिल्ला सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता बा जिल्ला न्यायाधिवक्ताको - कार्य सम्पादनमा सहयोग गर्ने,

(ख) नेपाल सरकार वादी हुने मुद्दामा अधिकार प्राप्त - अधिकारीद्वारा अनुसन्धान, तहकिकात गरी आवश्यक कारबाहीका लागि प्रा भएका मिसिलमा महान्यायाधिवक्ताबाट भएको अधिकार प्रत्यायोजन र सहन्यायाधिवक्ता बा जिल्ला न्यायाधिवक्ताबाट कार्य विभाजन भए अनुसार मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने,

(ग) खण्ड (ख) बमोजिम मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने सिलसिलामा मिसिल अध्ययन गर्दा मुद्दा चल्ने देखिएमा आफ्नै कार्यालयबाट चलाउनु पर्ने मुद्दाको हकमा सम्बन्धित अदालतमा अभियोगपत्र दायर गर्ने,

(घ) नेपाल सरकार बादी भई चलेका वा नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा सहन्यायाधिवक्ता वा जिल्ला न्यायाधिवक्ताले खटाए बमोजिम नेपाल सरकारको तर्फबाट अड्डा अदालतमा उपस्थित भई - बहस पैरवी गर्ने,

(ङ) सहन्यायाधिवक्ता बा जिल्ला न्यायाधिवक्ताले तोके _ बमोजिम मुद्दा हेर्ने अधिकारी तथा सम्बन्धित अदालतबाट भएको फैसला वा आदेश. उपर पुनरावेदन, निवेदन गर्ने वा नगर्ने सम्बन्धी आवश्यक काम कारबाही गर्ने ।